इनरुवा-इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
दसैँको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको उहाँको भनाइ थियो।






प्रतिक्रिया