अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधान सेनापति शर्मा आज चीन जाँदै

प्रधान सेनापति शर्मा आज चीन जाँदै


काठमाडौं-प्रधान सेनापति प्रभुराम शर्मा आज (शुक्रबार) जनवादी गणतन्त्र चीन प्रस्थान गर्दै हुनुहुन्छ।

चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा दशौँ बेइजिङ स्याङ्सन फोरममा सहभागी हुन प्रधान सेनापति शर्मा चीन जान लागेका हुन्। शर्मा बिहान ११ बजे चीन प्रस्थान गर्ने सैनिक मुख्यालयले जनाएको छ।

यही कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधान सेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो। शर्मा कात्तिक १६ गते स्वदेश फर्किने कार्यक्रम छ।

यही कात्तिक १२ गतेदेखि १४ गतेसम्म बेइजिङमा सञ्चालन हुने दशौँ बेइजिङ स्याङ्सन फोरमको उद्घाटन समारोहमा शर्मा सहभागी हुनेछन्।

चीनमा रहँदा शर्माले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्ने स्रोतले जनाएको छ। 

Skip This