अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै काठमाडौँमा बढ्यो चहलपहल

दसैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै काठमाडौँमा बढ्यो चहलपहल


काठमाडौंदसैँ मनाउन गाउँ गएकाहरु कर्मथलो काठमाडौं उपत्यका फर्किन थालेपछि चहलपहल बढ्न थालेको छ। नेपालीको महान् चाड बडादसैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु धमाधम फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको हो । 

काठमाडौंको कलङ्की, थानकोट, भक्तपुरको नाकामा सवारी साधनको लामो लाम सुरु भएको छ। दसैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसानजस्तै भए पनि बिस्तारै गाउँ गएकाहरु उपत्यका फर्किने क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ।

भक्तपुर नाकाबाट काठमाडौं भित्रिने गाडीको काभ्रेको भकुण्डेबेंसीदेखि लाम रहेको फर्किने यात्रुले जनाएका छन् । गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिने र हिँड्ने भएपछि सडकमा पनि व्यस्तता बढ्न थालेको छ।