अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष बुटिमेरबीच भेटवार्ता

अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष बुटिमेरबीच भेटवार्ता


काठमाडौं-राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ। 

अन्तर ब्यवस्थापिका संघ(आइपीयू)को १४७ औं महासभाका क्रममा एङ्गोलाको संसद भवनमा बिहीबार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद र संसदहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो। 

‘नेपाल र आयरल्याण्डबीचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसद र संसदहरूको महत्त्वपूर्ण भूमिका रहेको छ’, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘संसदीय अनुभवको आपसी आदनप्रदान मार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफना नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने प्रकृयालाई सवल बनाउने अवसर हाम्रो सामु रहेको छ।’

उहाँले दुई देशकाबीचमा यसअघि भएका भ्रमणको स्मरण गर्दै आगामी दिनमा हुने भ्रमणले सम्बन्ध प्रगाढ बनाउने विश्वास समेत व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘आगामी दिनमा नेपाल र आयरल्याण्डका संसदबीच सांसद र कर्मचारी दुवै तहमा भ्रमण÷आदानप्रदान निरन्तर गर्न सकिएमा एक अर्काको असल अभ्यास सिकेर दुवै संसद् लाभान्वित हुनेछन।’

अध्यक्ष तिमिल्सिनाले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा  बिचमा लोकप्रिय भएकाले उल्लेख्य संख्यामा पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो  सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरले दुवै देशले साझा मुद्दाहरूमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास ब्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाउनुभयो।