अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक नेपाली सैनिक इजरायल-हमास युद्धमा गोली लागेर घाइते

एक नेपाली सैनिक इजरायल-हमास युद्धमा गोली लागेर घाइते


काठमाडौं-इजरायल र हमासबीचको युद्धमा परेर एकजना नेपाली शान्ति सैनिक घाइते भएका छन्।

घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन।

इजरायल र हमासबीचको युद्ध रोक्न दक्षिणी लेवनानमा खटिएको बेला संयुक्त राष्ट्रसंघमा कार्यरत ती नेपाली शान्ति सैनिक घाइते भएका हुन्। 

संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन्। 

लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ। 

हमास नियन्त्रित क्षेत्र गाजा नजिकै भएको युद्धको क्रममा ती सैनिकलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।