अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारामा बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार

बारामा बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार


कलैया-बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश सरार्फ (गुड्डु) माथि गोली प्रहार भएको छ। २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार गरेकाे हो।

घाँटी तथा छातीमा गोली लागेका सर्राफको अवस्था नाजुक रहेको छ। गोली प्रहारलगत्तै कलैया अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको छ।

उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भैरहेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Skip This