अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार

विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार


सुलीकोट-पर्यटकीय हब बन्दै गइरहेको उत्तरी गोरखामा लेक  लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ। गोरखाको चुमनुब्री गाउँपालिका-६ रिपचेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको सोमबार उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो। 

लेक लागेर बिरामी पर्नेमा अमेरिकन नागरिक इरिक कोनेल ओलराज र स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिहाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखामा सुचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सोमबार बिहान ७ बजे अल्टिच्युड एयरको हेलिकप्टरमार्फत दुबै जनालाई राजधानीको रिद्धी इन्टरनेश्नल हस्पिटल लगिएको हो। 

Skip This