अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद्को संयुक्त बैठक बस्दै,  महासचिव गुटेरेसले सम्बोधन गर्ने

संघीय संसद्को संयुक्त बैठक बस्दै,  महासचिव गुटेरेसले सम्बोधन गर्ने


काठमाडौँ–संघीय संसद्को संयुक्त बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा आज ४ बजे बैठक बस्न लागेको हो । 

बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुहुने संघीय संसद्का महासचिव डा भरतराज गौतमले जनाउनुभएको छ ।  

महासचिव गुटेरेस चार दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएको हो ।