काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेकाे बताउनु भएको छ।
मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हाे।
उहाँले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्ति रहेको बताउनु भयो। उहाँले नेपालीहरू लामो समयसम्म हातमुख जोड्न नै लागि परेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको बताउनु भयो । विभिन्न कालमा शासन गर्नेहरुले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उहाँको भनाइ थियो।
‘लामो समयसम्म त हामी हातमुख जोड्ने समस्यामा नै लाग्यौँ। हामीलाई त्यस प्रकारका अवसरहरु लिनै दिइएन। राणाशासन र त्यो भन्दा अगाडि हामीले अरु कुनै शासनलाई पनि जोगाइरहनु हुँदैन,’ उहाँले भन्नुभयो, ‘राणा गए, अब अरु शासन चाहिं राम्रा थिए भनेर जोगाउनुपर्ने केही छैन। त्यस भन्दा अघि दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा हो? जनताले गर्दा त होइन। शासकहरूको कारणले हो। जे होस् हामी पछि प¥यौँ। पछाडि पारिएको हुनाले पछि प¥यौँ। वाह्य शक्तिले हामीलाई पछि पारे, शासकको स्वार्थका कारणले आन्तरिक शासक वर्गले पनि हामीलाई पछाडि पारे। कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जन सिमित भयो। आम जनताको र देशको विषय बनेन। तर अब हामी अघि बढ्छौँ।’
अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सिमित भएकाले यसको विकास हुन नसकेको बताउनु भयो।




प्रतिक्रिया