अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली सेनाका विरुद्ध अभिव्यक्ति दिएका झापाका खनाल पक्राउ

नेपाली सेनाका विरुद्ध अभिव्यक्ति दिएका झापाका खनाल पक्राउ


काठमाडौं-नेपाली सेनाविरूद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन्।

झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय डिल्लीराम खनाललाई प्रहरी पक्राउ गरेको हाे।

नेपाली सेनाको उजुरीपछि खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।

खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा थप अनुसन्‍धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ।

खनाल यसअघि पनि पक्राउ परेका थिए। अभिनेत्री करिश्मा मानन्धरकाे बारेमा दिएको अभिव्यक्तिका कारण उनलाई ब्युरोले पक्राउ गरेको थियो ।

Skip This