काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गरेको सम्बोधन धेरै राम्रो रहेको बताउनु भएको छ।
मंगलबार महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनु भएको हाे।
त्यस अवसरमा अध्यक्ष ओलीले संसदमा गरेको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद समेत व्यक्त गर्नुभयो। उहाँले महासचिव गुटेरेसले नेपालको र नेपाली राष्ट्रबारे राम्रो मूल्यांकन गरेको धारणा राख्नभयो ।
गुटेरेसले पीडित केन्द्रित भएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पु¥याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामना समेत गरेको बताउनु भयो ।
उहाँले वातावरणीय विनाश रोक्न नेपालले दिएको योगदानको पनि खुलेर महासचिव गुटेरेसले प्रशंशा गरेको पनि बताउनु भयो ।
अध्यक्ष ओलीले महासचिव गुटेरेसले आफ्नो सम्बोधनमार्फत गरिब देशहरुलाई सम्पन्न देशहरुले सहयोग र समर्थन गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको पनि बताउनु भयो।




प्रतिक्रिया