पोखरा-पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न अदालतले आदेश दिएको छ। बुधवार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो।
देवीकुमारी बरालको रिट निवेदनमा उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो।
देवी कुमारी बरालले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखी जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर मुद्दा दायर गर्नुभएको थियो।





प्रतिक्रिया