अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख दिने

भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख दिने


सुर्खेत-सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप रु २६ लाख रकम सहयोग गर्ने भएको छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख रकम सहयोग गर्ने निर्णय गरेको हो।

मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले १६ वटै वडाको वडा विपद् कोषबाट रु.एक/एक लाख १६ लाख र नगरपालिकाकोतर्फबाट रु.१० लाख गरी जम्मा २६ लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो। 

नगरपालिकाले भूकम्पपीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने भएको छ।

दैलेखको डुङ्गेश्वर गाउँपालिकाले पनि भूकम्पपीडितलाई रु.५० हजार सहयोग गर्ने बताएको गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले जानकारी दिनुभयो।

Skip This