अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अभिनेत्री दिपाशा बीसीको निधन

अभिनेत्री दिपाशा बीसीको निधन


काठमाडौँ-अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ। २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो । झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन्।

निकटस्थका अनुसार उनी केही समयदेखि आर्थिक समस्यामा दिइन् । उनले मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेको बताइएको छ।

दीपाशाले केही दिन यता सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गर्दै आएकी थिइन्।

दीपाशा म्यूजिक भिडिओमा पनि सक्रिय दिइन्। यस्तै उनले काठमाडौं मलमा आफ्नै ब्यूटि पार्लरसमेत सञ्चालन गर्दै आएकी थिइन् ।

Skip This