अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता


काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

बिहीबार राष्ट्रपति भवनमा भएको भेटमा राष्ट्रपतिले हालै जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठुलो धनजनको क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो।

साथै राष्ट्रपति पौडेलले विपद् पश्चताको पुनः उत्थान र पुनर्निर्माणका लागि चिनियाँ सहयोगको प्रशंसा समेत गर्नुभयो।

यसैगरी, भेटमा नेपाल र जनवादी गणतन्त्र चीनबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो।

Skip This