अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्ट्रेलियामा विद्यार्थीमाथि अध्यागमनको कडाइ

अस्ट्रेलियामा विद्यार्थीमाथि अध्यागमनको कडाइ


अस्ट्रेलियन सरकार र अध्यागमन विभागले अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडा नीति लागू गरेपछि केही नेपाली विद्यार्थीहरू मारमा पर्न थालेका छन्।

अस्ट्रेलियन सरकारले तोकेको साप्ताहिक २४ घन्टे काम र कलेजको हाजिरीमा कडाइका साथ छड्के नजर पार्न थालेपछि केही नेपाली विद्यार्थीहरू मारमा पर्न थालेका हुन्।

पछिल्ला केही महिनादेखि नेपाली विद्यार्थीहरूको लागि पनि निकै कठिन भएको अस्ट्रेलियाको शैक्षिक गन्तव्यमा यो कडाइ नीतिले थप अप्ठ्यारो स्थिति सृजना गरेको छ।

बग्रेल्ती खुलेका भेट कलेजहरूको शैक्षिक स्तर र नियमनको समस्याले पनि विद्यार्थीहरूको हेलचक्र्याइँ बढेको कारण पढाइमा भन्दा कमाइमा बढी ध्यान दिने विद्यार्थीहरू यतिखेर अस्ट्रेलियन सरकारको निगरानीमा पर्न थालेका छन्।

सरकारको होम अफयर्स विभागले विद्यार्थीको सबै खाले डाटा खोतलेर कर छली गर्ने र करको दायरामा समेत नआउने विद्यार्थीमाथि पनि एटिओमार्फत् कारबाहीको दायरामा ल्याउन कसरत गरेपछि दुई वटा काम गर्ने र नगदमा काम गर्नेहरू अत्तालिएका छन्।

नेपाल आएर नेपाली विद्यार्थीहरू बिदा मनाएर अस्ट्रेलिया फर्कने क्रममा कलेजको हाजिरी र बढी काम गरेको पाइएपछि भिसा रद्द भएको समाचार आएपछि सिड्नीमा विद्यार्थीहरू धमाधम काम छाड्दै नियमित कलेज आउन थालेका छन्।