अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाडी दुर्घटनामा चालकसहित ८ जना घाइते

गाडी दुर्घटनामा चालकसहित ८ जना घाइते


म्याग्दीम्याग्दीको सदरमुकाम बेनीबाट बेनी नगरपालिकाको नेप्टेचौरतर्फ जाँदै गरेको ध १ज १०७० नम्बरको गाडी नेप्टेचौर नजिकै दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। 

गाडीमा सवार बेनी नगरपालिका-९ नेप्टेचौरका १७ वर्षीय विवेक चोखाल, ३३ वर्षीया अञ्जना चोखाल, ६५ वर्षीया दिवाकर सुवेदी, ४८ वर्षीया रामजी सुवेदी, ३४ वर्षीया हिरा चोखाल, ४९ वर्षीया, गोमा श्रेष्ठ, गाडीका चालक ४९ वर्षीया गणेश क्षेत्री र पोखरा महानगरपालिका १६ का ३६ वर्षीया, राजु नेपाली घाइते भएको बेनी अस्पतालले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार गाडी रोकेर यात्रु झार्न खोज्ने क्रममा गाडी आफैँ बगेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गाडीमा लोड भएको कारण उकालो बाटोमा रोकेर यात्रु झार्न खोज्दा दुर्घटना हुन पुगेको हो। 

गाडी दुर्घटना स्थल नजिकै धान भित्राउने मानिसहरू भएकोले तत्काल उद्धार गर्न सकिएको स्थानीय प्रत्यक्षदर्शी टिकाराम सुवेदीले बताउनुभयो। उहाँका अनुसार गाडी आफै पछाडितिर गुड्दा दुर्घटना भएको हो। गाडीका चालकले गाडीबाट झरेर गाडीको टायरमा ढुङ्गा राख्न खोज्दै गर्दा गाडी बग्न थालेपछि चालकलाईसमेत गाडीले डलाउँदै दुर्घटना भएको उहाँको भनाइ छ।