धनकुटा-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पपछि पर्यटन आतंक खडा गरिएको बताउनुभएको छ।
प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा आज वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो। भूकम्प प्रभावित क्षेत्रमा धेरै नेताहरुको आवागमन भएकाले एकखाले आतंक भएको उहाँकाे भनाइ छ।
सो क्षेत्रमा कामभन्दा पनि घुम्ने काम बढी भएको उहाँले टिप्पणी गर्नुभयो । एमालेले भूकम्प प्रभाबित क्षेत्रमा एक हजार स्वयमसेवक पठाउने तयारी गरेको उहाँले बताउनुभयो। उहाँले राजनीतिक पूर्वाग्रहमा सरकारले राहत वितरण गरेको गुनासो आएकाले सच्याउन अनुरोध पनि गर्नुभयो।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता पोखरेलले जनतालाई दिने सेवा सुविधा कमजोर भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । अहिले पुनः राजावावी शक्तिहरु मौलाउयन खोजेकाले राष्ट्रिय शक्ति निर्माण गर्न र पहाडको बसाइँसराइ रोक्न एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियान गर्न लागेको बताउनुभयो। वरिष्ठ उपाध्यक्ष पोखरेल एमाले धनकुटाको प्रथम प्रतिनिधि परिषद बैठकका लागि धनकुटा आउनुभएको हो।




प्रतिक्रिया