अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी अभियानमा सहयोग गर्ने एमाले सुशासन विभागको निर्णय

पार्टी अभियानमा सहयोग गर्ने एमाले सुशासन विभागको निर्णय


काठमाडौंनेकपा (एमाले) उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले जाजरकोट, रुकुमपश्चिमका भूकम्पपीडितका लागि पार्टीले सुरु गरेको पुनर्स्थापनाको काममा सक्दो सहयोग गर्ने निर्णय गरेको छ।

विभागका प्रमुख तथा नेता जितु गौतमको अध्यक्षतामा बसेको आजको बैठकले सो निर्णय गरेको हो । 

सोहीअनुसार मङ्सिर १४ देखि २९ सम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चुवा भञ्ज्याङसम्म हुने पार्टीको मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रालाई सफल बनाउन पनि विभागको तर्फबाट आवश्यक सहयोग र सहभागिता जनाउने निर्णय गरेको प्रमुख गौतमले बताउनुभयो। 

त्यस्तै, मङ्सिर ७ गते काठमाडौँको तीनकुनेमा आयोजना हुने पार्टीको सभामा विभागको तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय पनि गरेको छ। सोहीअनुसार उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको वार्षिक कार्ययोजना अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्ने विषयमा पनि निर्णय भएको प्रमुख गौतमले बताउनुभयो । 

Skip This