अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘डिशहोम मेगास्टार’ घोषणा हुँदै, विजेताले १० लाख पाउने

‘डिशहोम मेगास्टार’ घोषणा हुँदै, विजेताले १० लाख पाउने


काठमाडौं-‘डिशहोम सुपरस्टार-हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदैछ। लक्की ड्र मार्फत २०८० मंसिर ११ गते, सोमबार डिशहोम मेगास्टारको छनोट हुनेछ।

असोज १ मंसिर ११ दिउँसो १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरू यो योजनामा सहभागी हुन सक्ने कम्पनीले बताएको छ। 

यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बन्दै नगद १० लाख, मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउने कम्पनीले जानकारी गराएको छ।

यसअघि हरेक हप्ता सुपरस्टार बनि नगद रु एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरूको घोषणा गरिसकिएको छ। अब यो योजनाको अन्तिममा मेगास्टार बनि १० लाख जित्नेछ।

मंसिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरि यो योजनामा सहभागी हुन सकिने बताइएको छ। 

डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी,  र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिने बताइएको छ। 

 

Skip This