अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईसीसी टी-२० आई विश्वकप छनोट: डिशहोमले खेलाडीलाई बाँड्यो पुरस्कार रकम

आईसीसी टी-२० आई विश्वकप छनोट: डिशहोमले खेलाडीलाई बाँड्यो पुरस्कार रकम


काठमाडौं-डिशहोमले आइतबार भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परीसद भित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ।

कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव-पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरु पनि उपस्थित भएका थिए।

२९ अक्टोवर, २०२३ देखी सुरु भएको आईसीसी टी-२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो।

पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ । त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो ।

एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो।

नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट भइसकेको त हामी सबैलाई अवगत नै छ। आइसीसी टी-२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा ३ नोवेम्बर, २०२३ मा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो । युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो।

यसै सँगै डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले उत्साह व्यक्त गर्दै भन्नुभयो, ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं। हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।’

Skip This