अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा


काठमाडौं-नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिनुभएको छ।

मंलबार अपराह्न ४  बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिनु भएको हो ।

उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गर्नुभयो ।

मंसिर १७ बाट लागू हुनेगरी थानीले राजीनामा बुझाउनु भएको हो । उहाँले २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रुपमा नियुक्त लिएका थिए। ३ वर्षको लागि नियुक्त भएका थानीले १ वर्ष ९ महिनामै राजीनामा दिनु भएको हो।

उहाँले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुभएको थियो ।

Skip This