अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी र समाजवादीका कार्यकर्ताबीच अनामनगरमा कुटाकुट

माओवादी र समाजवादीका कार्यकर्ताबीच अनामनगरमा कुटाकुट


काठमाडौं-सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मंगलबार काठमाडौंको अनामनगरमा कुटाकुट भएको छ।

माओवादी केन्द्रका कार्यकर्ताले एकीकृत समाजवादीका डोल्पा जिल्ला उपाध्यक्ष मानबहादुर बुढालाई अनमानगरस्थित भित्री सडकमा कुटपिट गरेका हुन्। 

बुढालाई माओवादी कार्यकर्ताहरू जीवन तिरुवा लगायत लेनदेन नमिलाएको भन्दै मंगलबार दिउँसो कुटपिट गरेका हुन्।

अनामनगरस्थित ‘हिलिहाङ ग्रीन टी’ पसल छेउमा बुढालाई लछारपछार गर्दै कुटिएको हो। माओवादीको भ्रातृसंगठनअखिल क्रान्तिकारीका नेता तिरुवा बौद्ध बहुमुखी क्याम्पस स्ववियु सभापति हुन्। 

एकीकृत समाजवादीका बुढालाई ५/७ जनाको युवाले मुक्का बर्साएका थिए। घिर्सार्दै लात्ती बजाएका उनीहरूको कुटपिटबाट बुढाको अनुहारमा चोट लागेको छ।

उपाध्यक्ष बुढालाई कुटपिट हुँदा घटनास्थलनजिकका स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि दुवै पक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Skip This