अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशी–विदेशी शक्तिको षड्यन्त्रमा एमालेलाई सरकारबाट हटाइयो : अध्यक्ष ओली 

देशी–विदेशी शक्तिको षड्यन्त्रमा एमालेलाई सरकारबाट हटाइयो : अध्यक्ष ओली 


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी–विदेशी शक्तिको षड्यन्त्रमा एमालेलाई सरकारबाट बलजफती हटाइएको बताउनुभएको छ । 

मध्यपहाडी संकल्प यात्राको १५औँ दिन भोजपुरको पौवादुङ्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित जनभेटघाटमा उहाँले एमाले सरकारबाट हटेसँगै देश बरबादीतर्फ गएको बताउनुभएको हो ।  

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको कामबाट गठबन्धनको घटक कांग्रेस नै आजित भइसकेको दाबी गर्नुभयो । 

 देशको अवस्था देखेर कांग्रेसकै नेताहरू २०८४ सालको चुनाव पर्खन नसक्ने बताउन थालेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देशको अवस्था नाजुक देखेर, देशको राजनीति बिग्रिएको देखेर, अर्थतन्त्र बिग्रिएको देखेर ,जनताले दुःख पाएको देखेर सबैमा चिन्ता छाउने स्थिति बनेको छ ।’

अध्यक्ष ओलीले विकासको सम्भावनाको खोजीका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा आफूहरू हिँडेको बताउनुभयो । उहाँले सबैको समस्या र सम्भावनाको प्रत्यक्ष अवलोकन गर्न एमाले मध्यपहाडी यात्रामा निस्किएको उहाँले बताउनुभयो ।