अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ: सभामुख घिमिरे

संघीय संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ: सभामुख घिमिरे


काठमाडौँ-सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ।

बिहीबार संघीय संसद् सचिवालयद्वारा १७ औँ संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएकाे हाे ।

सभामुख घिमिरेले संसद्को गरिमा कायम राख्दै संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले संसद्को सन्दर्भमा विगतमा भएका विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरूलाई आफूले गम्भीरताका साथ लिएको बताउनु भयो।

सभामुख घिमिरेले संसद्को गरिमालाई उच्च राख्नका संघीय संसद् सचिवालयले संविधानले व्यवस्था गरे अनुरुपको काम गर्नुपर्ने बताउनु भयो। उहाँले संसद्लाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट दायित्व र जिम्मेवारीहरु पूरा गर्नुपर्ने बताउनु भयो ।

उहाँले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद् सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंकित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गर्नुभयो।

सभामुख घिमिरेले संघीय संसद् सचिवालयका कर्मचारीहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताउनु भयो।  

Skip This