अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा ट्रयाक्टर पल्टिंदा चार जनाको मृत्यु

बाजुरामा ट्रयाक्टर पल्टिंदा चार जनाको मृत्यु


काठमाडौं-बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो।
उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाजुरा सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका गइरहेको ट्र्याक्टर बडिमालिका नगरपालिका २ भौनेराखडिगाड नजिक दुर्घटना भएको थियो ।
निर्माण सामाग्री लिएर गएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।