अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रघुजी पन्तको प्रधानमन्त्रीलाई प्रश्न: एनसेल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन ?

रघुजी पन्तको प्रधानमन्त्रीलाई प्रश्न: एनसेल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन ?


काठमाडौं -नेकपा एमालेका सांसद रघुजी पन्तले एनलसेल खरिद विक्री प्रक्रियाको छानविन गर्न गठिन समिति भंग गर्न माग गर्नुभएको छ।

मंगलवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो। उहाँले एनसेलले अहिले ब्रिकी गरेको मूल्यमा नेपाल सरकारलाई बेच्छ कि बेच्दैन भनेर प्रश्न गर्नुभयो।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले पढ्न पाउनुभयो कि भनेर हिजोको कान्तिपुरको समाचार पढ्नका लागि अनुरोध गर्दछु। नेपाल सरकारको स्वामित्वमा आउने सम्भावना देखिदैन। मूल कुरा के हो भने नेपाल सरकारको स्वामित्वमा २०८६ मा आउनुपर्नेमा यो भन्दा अघि नै सेयर किनवेच भए पनि आउँदैन । नेपाल सरकारले जुन मुल्यमा अहिले विक्री गरेको छ त्यसै मुल्यमा नेपाल सरकारलाई बेच्छ कि बेच्दैन भनेर सोध्नुपर्छ। अब सम्भावना कम छ । एनसेललाई रोक्नु सक्नुहुन्छ कि सक्नुहुँदैन? यो समितिले मात्रै गर्न पाउँदैन ।

उहाँले अहिलेको छानविन समिति भंग गरेर निष्पक्ष छानविन समिति गठन गर्न माग गर्नुभयो।

‘दुरसञ्चार प्राधिरकरणले स्वीकृति दिएको हुनाले उसले त्यसलाई रोक्नुपर्छ। सरकारले उसले बेचेको रकममा किन्न सक्छ कि सक्दैन । जसले किने पनि सुरुको सम्झौता अनुसार २०८६ सालमा नेपाल सरकारको मातहतमा आउने कानूनी आधार र तयारी छ कि छैन ?,’उहाँले भन्नुभयो, ‘अहिलेको खरिद विक्रीले २०८६ मा नेपाल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन। महालेखापरीक्षक हुँदा टंकमणी शर्माले नै एनसेललाई छुट दिएको भन्ने आएको छ। यो छानविन समिति भंग गरेर निष्पक्ष छानविन समिति गठन गरौँ । छानविन समिति गठन गर्नु ठुलो कुरा होइन, त्यो समिति कत्तिको निष्पक्ष छ भन्ने कुरा मुख्य हो । गलत मान्छेले छानविन गर्ने प्रतिवेदन गलत नै आउँछ।