अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनसेलको सेयर खरिदबिक्रीविरुद्धको रिटमाथि सुनुवाइ सकियो, आजै फैसला आउने

एनसेलको सेयर खरिदबिक्रीविरुद्धको रिटमाथि सुनुवाइ सकियो, आजै फैसला आउने


काठमाडौं-दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री प्रकरणबारे परेको रिटमाथिको सुनुवाइ सकिएको छ। रिटमाथिको सुनुवाइ सकिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो।

प्रवक्ता पोखरेलले सुनुवाइ सकिएकाले आजै बेलुकासम्म फैसला आउने बताउनुभयो।

सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा तोकिएको थियो। यसअघि रिटमाथि सुनुवाइका लागि पटकपटक पेशी तोकिदै आएपनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको  थियो।

प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै गत शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए। रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको छ।

नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा गरिएको सेयर कारोबारको वैधानिकता उत्प्रेषणको आदेशले बदर गर्न समेत रिटमा माग गरिएको छ। 

आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको छ। 

एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर गरिएको छ।  मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको छ।