अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देशभरको मौसम सफा, चिसोबाट बच्न आग्रह  

आज देशभरको मौसम सफा, चिसोबाट बच्न आग्रह  


काठमाडौँ–हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।  विभागका अनुसार राती देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।  

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन  विभागले आग्रह गरेको छ ।