अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न नपाउने

ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न नपाउने


काठमाडौँ–अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा भाग लिन नपाउने भएका छन् । अमेरिकाको कोलोराडोस्थित सर्वोच्च अदालतले पूर्वराष्ट्रपति ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा भाग लिन नपाउने फैसला गरेको हो ।

अदालतले मंगलबार ट्रम्पलाई ह्वाइट हाउसको लागि अयोग्य घोषित गरिदिएको छ ।  आगामी चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको बीबीसीले जनाएको छ । 

सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उनी चुनावमा भाग लिन नपाउने अदालतले फैसलामा भनेको छ । ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएको अदालतले जनाएको छ । तर यो निर्णयमा ट्रम्पले अपिल गर्न भने पाउने छन् ।

Skip This