अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइको निर्णय आज 

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइको निर्णय आज 


काठमाडौँ–सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज हुनेछ । प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।

गत मंसिर ५ गते न्यायपरिषद्ले सर्वोच्चका लागि ६ न्यायाधीशको सिफारिस गरेको थियो । सुरु हुने संसद् सचिवालयले जनाएको छ । उहाँहरुको २९ देखि सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको थियो । 

प्रस्तावित ६ न्यायाधीशमा बालकृष्ण ढकाल, सुनीलकुमार पोखरेल, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौडेल, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान हुनुहुन्छ । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।