अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँमा आजको तापक्रम यो वर्षकै कम  

काठमाडौँमा आजको तापक्रम यो वर्षकै कम  


काठमाडौँ–काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । 

आज बिहान पौने ९ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाले बताएको छ । 

यसअघि हिजो (मंगलबार) पौने ९ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको थियो । 

यस्तै आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४.७, डडेलधुराको २.७, दिपायलको ३.५ डिग्री सेल्सियस मापन गरिएको छ ।