अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु

आज यी प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु


काठमाडौँ-हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । 

जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो  देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। राति पनि यो क्रमले निरन्तरता पाउनेछ । 

देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।