अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यापारमा अमेरिकी डलर प्रयोग नगर्ने चीन र रुसबिच सहमति 

व्यापारमा अमेरिकी डलर प्रयोग नगर्ने चीन र रुसबिच सहमति 


काठमाडौँ-रुस र चीनबिच द्विपक्षीय व्यापारमा अमेरिकी डलरको प्रयोग नगर्ने सहमति भएको छ । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले दुई देशका सरकार प्रमुखबीचको २८औँ नियमित बैठकमा यस्तो बताएका हुन् ।

मस्को र बेइजिङले द्विपक्षीय सम्झौतामा डलरलाई लगभग पूर्णरूपमा त्यागेको उनले बताएका हुन् । ‘पारस्परिक व्यापार लगभग एक तिहाइले बढेको छ । यस बिचमा अधिकांश भुक्तानी अर्थात् ९० प्रतिशतभन्दा बढी स्वदेशी मुद्रामा भएको छ । जसले आर्थिक सम्बन्धमा लगभग पूर्ण डि–डलराइजेसन (अमेरिकी डलर हटाएको) देखाउँछ’, रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले भने ।

रुस र चीनबिचको द्विपक्षीय व्यापारले निर्धारित समयभन्दा अघि नै २०० अर्ब डलरको आँकडा पार गरेको उनले बताएका छन् । एजेन्सी

Skip This