अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संस्कृतिमन्त्री सुदन किराँतीको राजीनामा माग्दै पशुपतिमा प्रदर्शन

संस्कृतिमन्त्री सुदन किराँतीको राजीनामा माग्दै पशुपतिमा प्रदर्शन


काठमाडाैँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै हिन्दु धर्मवादी एक समूहले पशुपति क्षेत्रमा प्रदर्शन गरेको छ। 

‘समग्र धार्मिक समाज’ को अगुवाइमा आज दिउँसो पशुपति क्षेत्र विकास कोषको कार्यालय नजिक पाँच दर्जनको संख्यामा भेला भएका हिन्दु धर्मका समर्थकहरु मन्त्री किरातीविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष तथा राप्रपाका नेता पुष्पराज पुरुष नेतृत्वको विरोध प्रदर्शनमा विश्व हिन्दु युवासंघको अन्तरास्ट्रिय विभागका अध्यक्ष सागर थापालगायत उपस्थित थिए । 

उनीहरुले मन्त्री किरातीको हिजोको अभिव्यक्तिको निन्दा गर्दै पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्तिको पनि विरोध गरेका छन् ।

त्यसक्रममा ‘सुदन किराँती राजीनामा दे’, ‘धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’, ‘सनातन हिन्दुराष्ट्र कायम गर’, ‘गैरजिम्मेवार मन्त्रीलाई बर्खास्त गर’जस्ता नारा लगाइएको छ।

मन्त्री किरातीले हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा संविधानले नै धर्मनिरपेक्ष राज्य भनेकाले क्रिश्चियन धर्म नमान्नु दण्डनीय हुने बताएका थिए।

उनको उक्त अभिव्यक्ति चर्को आलोचनामा परेको छ । केही हिन्दु तथा राजावादी समूह र राप्रपाका कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।