काठमाडौँ-नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिले टेरामक्सबारे विषय टुङ्गो लगाउन नसक्ने बताउनु भएको छ।
आजको लेखा समितिको बैठकमा बोल्दै समितिको छलफलले टेरामक्स खरिद प्रकरण टुङ्गो लगाउन नसक्ने बताउनु भएको हो।
सांसद बास्कोटाले टेरामक्स प्रकरणमा छलफल र छानबिन गर्न शक्तिशाली समिति नै चाहिने समेत बताउनु भयो। यस्तै खरीद प्रक्रियासँग सम्बन्धित कागजात समेत सार्वजनिक गरिनुपर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘अहिलेसम्म सक्कल प्रमाणपत्र झिकाउनुपर्छ। लेबनानको कम्पनीसँग खरिद गरिएको छ। भुक्तान साइप्रसमा गर्ने भनिएको छ।’




प्रतिक्रिया