अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : तराईमा हुस्सु, चिसोबाट बच्न आग्रह 

आजको मौसम : तराईमा हुस्सु, चिसोबाट बच्न आग्रह 


काठमाडौँ–हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हुस्स/कुहिरो लागेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 महाशाखाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।