अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


काठमाडौँ–झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको शिवसताक्षी नगरपालिका—११ का मेघराज राई रहेको छन् । 

उनलाई हिजो राति जंगली हात्तीले आक्रमण गरेको र घरबाट ५० मिटर पर शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 

प्रहरीका अनुसार हात्तीले मृतक राईको घरसमेत भत्काएको छ । मृतक राईको शव पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको जनाइएको छ ।