काठमाडौँ-ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ। आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका हुन् ।
बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।
उक्त क्षेत्र अहिले तनावग्रस्त छ । युवाहरूले अहिले सडक कब्जा गरेका छन् ।
ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् ।
सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।




प्रतिक्रिया