अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोली हान्ने सरकार काम छैन: सुदेश पराजुली

गोली हान्ने सरकार काम छैन: सुदेश पराजुली


काठमाडौँ-सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाउनु भएको छ।

शुक्रवार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको फाराम भर्ना नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो। मृत्युपछि नेता पराजुलीले प्रहरी प्रशासनबाट युवाहरुको हत्या हुनु निन्दनीय भएको भन्दै सरकारको बिरोध गर्नु भएको हो।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै  पराजुलीले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नु निन्दनीय भएको बताउनु भयो । उहाँले युवाको समस्या समाधान गर्न सरकार तयार नरहेको प्रष्ट भएको दाबी गर्नुभयो।  युवाको छातीमा गोली हानेर समस्या समाधान गर्ने दिन गएको बताउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो।

उहाँले भन्नभयो, ‘प्रहरी प्रशासनबाट जुन किसिमले दुईजना युवाहरुको हत्या भएको छ, यो अत्यन्त निन्दनीय छ। गृह प्रशासन र नेपाल सरकारलाई आग्रह र अनुरोध पनि गर्न चाहन्छौँ कि दुईजना युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा आज उनीहरुलाई जसरी छातीमा गोली लागेको छ, यो अत्यन्तै निन्दनीय छ।’

नेता पराजुलीले युवालाई मार्ने घृणित कार्य नगर्न सरकारलाई चेतावनी दिनुभयो।

Skip This