अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकुमारी घटनाको एमालेद्वारा भर्त्सना

बालकुमारी घटनाको एमालेद्वारा भर्त्सना


काठमाडौँ-नेकपा एमालेले शुक्रबार दिउँसाे ललितपुरकाे बालकुमारीमा भएको घटनाकाे भर्त्सना गरेको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडकाे भर्त्सना गर्नुभएकाे हाे।

एमालेले युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पूरा गर्न सरकारकाे गम्भीर ध्यानाकर्षण गराएकाे छ। ‘प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति एमाले भत्सना गर्दछ, विनाभेदभाव परीक्षामा सामेल हुन पाउनुपर्ने युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ’- विज्ञप्तिमा लेखिएकाे छ।

प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न पनि एमालले अपिल गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि एमालेले सरकारसँग माग गरेकाे छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवा र प्रहरीबिच झडपमा दुई जना युवाको मृत्यु भएको थियो। 

प्रहरी प्रशासनले अश्रुग्यास प्रहार गर्दा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र शाहकाे ज्यान गएकाे छ। केही घाइते भएका छन्।

Skip This