अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकुमारी घटनालाई लिएर उदयपुरमा युवा संघद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

बालकुमारी घटनालाई लिएर उदयपुरमा युवा संघद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन


उदयपुर-उदयपुरमा नेकपा एमाले निकट युवा संघ नेपालले आज दिउँसाे ललितपुरकाे बालकुमारीमा दुईजना युवाकाे मृत्यु बारे विरोध प्रदर्शन गरेका छन्।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ईपीएस परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडप दुईजना विद्यार्थीको गोली लागि मृत्यु भएको भएको थियो ।

प्रहरी प्रशासनले अश्रुग्यास प्रहार गर्दा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र शाहकाे मृत्यु भएको थियो ।केही घाइते भएका थिए।

उदयपुर सदरमुकाम गाईघाटमा युवा संघ र अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहनसँगै राजीनामा माग गरेका थिए।

नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा विद्यार्थी इन्चार्ज खगेन्द्र पोखरेल, अनेरास्ववियु केन्द्रिय सदस्य भुवन दाहाल, अनेरास्ववियु जिल्ला सयोजक सन्तोष काफ्ले र युवा संघका नेता प्रकाश कार्की लगायतले नेतृत्व गर्दै कोण सभामा परिणत भएको थियो ।

Skip This