अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने


काठमाडौं-काठमाडौंको विभिन्न स्थानमा आज चार घन्टादेखि साढे ४ घन्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

११ केभी मुलपानी सब(स्टेशन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नु पर्ने भएकाले ती क्षेत्रमा आज चार घन्टा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

लाजिम्पाट फिडर अन्तर्गत पर्ने ती क्षेत्रहरूमा विद्युत भूमिगतको काम गर्नुपर्ने भएकाले साढे चार घन्टा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।