अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ: सभामुख घिमिरे

नेपाल आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ: सभामुख घिमिरे


काठमाडौं-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताउनु भएको छ।

आज ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभामुख घिमिरेले नेपालमा पाइने च्याउहरुलाई प्रवद्र्धन र बजारीकरण गर्न जरुरी रहेको बताउनु भयो।

उहाँले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गर्नुभयो। उहाँले विदेशी च्याउलाई बिस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताउनुभयो। गत १० वर्ष यता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘बितेका केही वर्षयता गत १० वर्ष यता च्याउ क्षेत्रमा किसानहरुले गरिरहेका प्रगतिहरु, किसानका मेहनत, च्याउ उत्पादकहरुमा राज्यले जति महत्व दिनुपर्ने हो, त्यो कुराको अझैपनि अभाव छ। जसरी अरु क्षेत्रको अनुसन्धानमा महत्व दिइएको छ, नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गर्ने, त्यसलाई व्यवहारमा लागू गर्ने र यसको बजारीकरण गर्नेकुरामा अझै ध्यान दिन जरुरी छ।’

सभामुख घिमिरेले अरु क्षेत्रको अनुसन्धानमा महत्व दिए जसरी नै नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गरी बजारीकरण गर्नेकुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो।