अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति

बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति


काठमाडौं-गत शुक्रबार दुईजना युवकको ज्यान जाने गरी ललितपुरमा भएको घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ।

 आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यस्तो समिति गठन गर्ने सहमति बनेको हो । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आजै उक्त निर्देशन दिनु भएको हो । सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने र सोमबारबाटै काम सुरु गर्नेछ। 

उक्त घटनाबारे जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको हो ।

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको बालकुमारी घटनामा मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।