अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकुमारी घटनामा एमाले साँसद राजेन्द्र राईद्वारा गृहमन्त्रीको राजिनामा माग

बालकुमारी घटनामा एमाले साँसद राजेन्द्र राईद्वारा गृहमन्त्रीको राजिनामा माग


काठमाडौँ–नेकपा एमालेका सांसदले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्नुभएको छ । आज बिहान बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमाले सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्नुभएको हो । 

उहाँले गृहमन्त्री श्रेष्ठलाई तत्काल राजीनामा दिन आग्रह गर्नुभएको हो । ‘तपाईँ सार्वजनिक व्यक्ति राजीनामा दिनुस्,’  सांसद राईले भन्नुभयो, ‘सबैभन्दा राम्रो कुरा तपाईँ राजीनामा दिनुस् । राजीनामा दिनुपर्‍यो नि१ विदेश गएर काम गरी खान्छु भन्नेलाई ताकीताकी गोली हानेपछि तपाईँले राजीनामा नदिए कसले दिने ?’

सांसद राईले तोडमोड गरेर कुरा राख्न नमिल्ने भन्दै समस्या सिर्जना भएपछि समाधान गर्ने कि ठाउँका ठाउँ गोली हान्ने भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले गृहमन्त्रीले मुलुक चलाउन नसकेको बताउनुभयो ।