अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृह प्रशासनले बालकुमारीमा दुई युवाको हत्या गर्‍यो: रवि लामिछाने

गृह प्रशासनले बालकुमारीमा दुई युवाको हत्या गर्‍यो: रवि लामिछाने


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालकुमारी घटनामा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताउनु भएको छ।

सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्रशासनले गोली हानेर हत्या गरेको बताउनु भएको हो ।

बैठकमा सभापति लामिछानेले भन्नभयो, ‘दिनदहाडै युवाहरूको हत्या हुनु दुःखद् भएको बताउँदै देशमा रोजगारी नपाउँदा विदेशमा गएर परिवार पाल्छु भन्ने युवाको गृह प्रशासनले हत्या गरेको हो । हामीले दुई युवाको हत्या गरेका छौं भनेर महसुस गर्नुहोला।’

बालकुमारी घटनामा पूर्व सूचना हुँदाहुँदै पनि गृहप्रशासनले लापरबाही गरेको लामिछानेले बताउनु भयो ।

‘पहिला गोली चलेको हो कि मन्त्रीको गाली जलेको हो ? त्यसमा पनि तपाईँहरुको गोलमटोल जवाफ छ’, उहाँले आदेश नै विना प्रहरीले दिनदहाडै मार्ने हिम्मत नगर्ने बताउनु भयो ।