अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री निवासअगाडि ‘अर्धनग्न’ युवाहरूको प्रदर्शन

प्रधानमन्त्री निवासअगाडि ‘अर्धनग्न’ युवाहरूको प्रदर्शन


काठमाडौँ- बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि युवाहरूले अर्धनग्न भएर प्रदर्शन गरेका छन्।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।

युवाहरुले “नो एमसीसी, देश बेच्ने हामी होइन दलालहरू हुन्, भ्रष्चारीहरूलाई समात्, गोली होइन रोटी दे रोटी दे” लेखिएको पोस्टर शरीरमा टाँसेर अर्धनग्न भएर  नारा लगाएका थिए।

प्रदर्शन गर्ने युवाहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले तत्कालै पक्राउ गरेको थियो।