अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसद खड्काको घोषणा

मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसद खड्काको घोषणा


काठमाडौं-सत्ता साझेदार नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयमा अनसन बस्ने घोषणा गर्नुभएको छ।
आफ्नो लगानीमा खुल्न लागेको रिसार्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै उहाँले अनसन बस्ने घोषणा गर्नु भएको हो ।

रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको उहाँको आरोप छ। आफ्नो काम अझै पनि हुन नसकेको खण्डमा मन्त्रालयभित्र अनसन बस्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चार वर्ष भएछ फाइल थन्केर बसेको। सुरुमा कर्मचारी नभएको कारण फाइल अघि बढेन भनियो। तर, अघि बढिसकेपछि चाहिँ ईआईए पास नभईकन निर्माण थालिएछ भनेर ५ लाख रुपैयाँ पेनाल्टी तिराउनु भयो । पेनाल्टी तिरेर सुनुवाइ भइसकेपछि फेरि निकुञ्जको कार्यविधिअनुसार भएन भन्नुहुन्छ । साढे २ तलाभन्दा बनाउन पाइँदैन रे ।’

रोजगारी सिर्जना गर्ने व्यवसायिक होटललाई असहयोग गरेको भन्दै उनले राजधानीमा बन्न लागेको संरचनामा साढे ३ अर्ब लगानी भइरहेको बताउनु भयो ।