अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री जाने भएपछि सुनापति गाउँपालिकाले दियो सार्वजनिक बिदा

कार्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री जाने भएपछि सुनापति गाउँपालिकाले दियो सार्वजनिक बिदा


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने भएपछि रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

प्रधानमन्त्री प्रचण्ड बिहीबार (पुस १९) गते गाउँपालिकाको कार्यालय भवन उद्घाटन गर्न जाँदै हुनुहुन्छ।

यही बिहीबार प्रधानमन्त्री प्रचण्ड जाने भएपछि रामेछापस्थित सुनापाति गाउँपालिकाले सबै सरकारी र सार्वजनिक कार्यालय तथा विद्यालयमा बिदा दिएको हो। 

गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन हुने भएकोले सार्वजनिक बिदाको घोषणा गरिएको प्रशुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले बताउनु भयो ।

बिहीबार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ-संस्था, शिक्षण संस्था, गाउँपालिका क्षेत्रभित्रका बैंक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको सुवेदीले बताउनु भयो।